सिमकोट– सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।


ADVERTISEMENT


विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रबधान गरिएकोे जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


अन्य विमानसथलमा यस्तो प्रवाधान भएपनि सिमकोट विमानस्थलमा नभएका कारण अबबाट यसलाई नियमन गरिने उनले जनाए । रासस