काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।


ADVERTISEMENT


महाशाखाले उपत्यकाका विभिन्न स्थानउँबाट हराएका हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।


ADVERTISEMENT

# # #


हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए ।

उनले चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताजानकारी दिए । उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताउए र

शुक्रबार महाशाखा पुगेर रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिनबहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्‍ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आलेले हराएका आफ्ना मोटरसाइकल प्राप्त गरेका छन् ।

यस्तै हरिभक्त शाही, भाईराजा कार्की, सुशीला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजीव अर्याल, राजेन्द्र के.सी., किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको मोटरसाइकलहरू पनि महाशाखाको पीडित सहायता ईकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोज तलास गरेको छ ।