काठमाडौँ – नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले अष्ट्रलियाको प्रतिष्ठित टी–२० क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।


ADVERTISEMENT


हुरिकेन्सले ११ औँ संस्करणको बीबीएलका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा सन्दीपलाई बिहीबार अनुबन्ध गरेको हो । सन्दीप आगमी संस्कणभरि नै हुरिकेन्सका लागि उपलब्ध हुनेछन् ।


ADVERTISEMENT

# # #


हुरिकेन्समा अनुबन्ध भएपछि सन्दीपले बीबीएलका लागि हुरिकेन्समार्फत अष्ट्रलियामा फर्किन पाउँदा खुसी व्यक्त गर्दै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘मैँले पछिल्लो संस्करणमा हुरिकेन्सको साथमा आफ्नो समयको भरपूर आनन्द लिएको थिएँ । आगामी संस्करणका लागि म निकै उत्साहित छु । किनकी यस वर्ष म पूरै संस्करणका लागि उपलब्ध हुनेछु ।’

सन्दीपले गत डिसेम्बरमा भएको १० औँ संस्करणको बीबीएल पनि होबार्टबाटै खेलेका थिए । ६ खेल मात्र खेलेका उनले १० विकेट लिएका थिए ।

बीबीएलको आगामी ११ औँ संस्करण आगामी डिसेम्बर ५ देखि सुरु हुँदैछ । हुरिकेन्सका कप्तान म्याथ्यु वडे रहेका छन् भने प्रशिक्षक एदाम ग्रिफिद रहेका छन् । सन्दपले पहिलो पटक सन् २०१८ मा आठौँ संस्करणको बीबीएल मेलबर्न स्टार्सबाट खेलेका थिए ।