काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेका छन् ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ क्यानले सिरिजका लागि कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपाली टोलीमा गुल्सन झा पहिलो पटक परेका छन् । गत मार्चमा भएको काठमाडौँ मेयर कपमा नेपाल पुलिसबाट खेलेर पहिलो पटक राष्ट्रिय प्रतियोगितामा उपस्थिति जनाएका थिए ।


ADVERTISEMENT

# # #


मध्यम गतिका बलर गुल्सनले पहिलो पटकमा नै राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन ।

यस्तै कुशल भुर्तेल, आशिफ शेख, विक्रम सोबले पनि पहिलो पटक एकदिवसीय टिममा स्थान बनाएका छन् । कुशल र आशिफले गत वैशाखमा काठमाडौँमा नेदरल्याण्ड र मलेसियासँगको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाललाई उपाधी दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाली टोलीमा शरद भेषावकर र रोहित पौडेलले ‘कमब्याक’ गरेका छन् । पछिल्लो समय उनीहरु नेपाली टोलीमा अटाउन सकेका थिएनन् ।

सन् २०२३ को एकदिवसीय विश्वकपको आधारशीलाका रुपमा रहेको ओडीआई लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुँदैछ ।

त्यसअघि नेपालले पपुवा न्यूगिनीसँग सेप्टेम्बर ५ र ८ मा दुई खेलको डे–नाइट एकदिवसीय सिरिज खेल्दैछ । उक्त सिरिज नेपाली खेलाडीका लागि ओमान र अमेरिकासँगको सिरिजको तयारीका रुपमा हेरिएको छ ।

सिरिजका लागि नेपाली टोली भदौ ८ गते बिहान ८ बजे सलाम एयरमार्फत ओमान प्रस्थान गर्ने क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले जानकारी दिएका छन् ।

नेपाली टोलीः
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुसन भारी, शरद भेषावकर र विक्रम सोव ।