काठमाडौँ – काँग्रेस नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।


ADVERTISEMENT


उनले जसरी हिजो केपी शर्मा ओलीले ल्याएको अध्यादेश गलत थियो त्यसैगरी शेरबहादुर देउवाले ल्याएको अध्यादेश पनि गलत भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


हिजो ओलीले अध्यादेश ल्याउँदा गलत भनेर विरोध गर्नेलाई आज अध्यादेश ल्याउँदा समर्थन गर्ने हक नभएको उनले बताएका छन् । गत बैसाखमा यसैगरी अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली र राष्ट्रपतिलाई भने आज विरोध गर्ने हक नभएको उनले बताएका छन् ।

समर्थन गर्नेलाई उनले समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताउँदै उनले हिजो समर्थन गर्नेलाई भनेका छन्, ‘विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।