काठमाडौँ– काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ भारतको ७५ औं स्वतन्त्रता दिवस मनाइएको छ ।


ADVERTISEMENT


‘आजादी का अमृत महोत्सव’ को रूपमा दूतावासमा आज दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपुर्ण गीत र नृत्य प्रस्तुत गरी सो दिवस मनाइएको हो ।


ADVERTISEMENT

# # #


भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा राष्ट्रिय झण्डा फहराएर शुरु गरिएको उक्त कार्यक्रमको अवसरमा उनले विगत ७५ वर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई तथा भारत स्वतन्तत्राको निम्ति बलिदान गरेका सेनानीहरुलाई श्रद्वान्जली अर्पण गरिएको भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

उक्त अवसमार राजदूतले भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका श्रीमती तथा आफन्तहरुलाई कुल चार करोड ४० लाख सहित प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान समेत गरेका छन् ।

‘अगस्ट ८’ अर्थात्, आजको यस दिनलाई भारतमा प्रगतिशील भारतको ७५ वर्ष र मानव प्रयासको सबै क्षेत्रहरुमा भारतीयहरुद्वारा प्राप्त उपलब्धिहरुलाई सम्झिने एक विशेष उत्सवको रुपमा लिइन्छ ।

भारत सरकारको ‘आजादी का अमृत महोत्सव’ स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोशेढुङगा पार गरेको सम्झनामा मार्च २०२१ बाट शुरू गरिएको यो महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ ।

भारतीय राजदूताबासले काठमाडौंमा आयोजना गरेको कार्यक्रमका झलकहरू :