काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानबाट तुरुन्त नेपालीहरु स्वेदश फर्काउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पछिल्लो हप्ता तालिबानले तीव्र गतिमा देशका विभिन्न स्थानहरूमा आफ्नो पकड जमाउँदै गएको छ। मुलुकको आधाभन्दा बढी भूभागका कब्जा जमाइसकेको तालीवान समूहले केन्द्रीय राजधानी काबूलको ८० किलोमिटर मात्रै टाढा रहेको पुल–ए–आलम नियन्त्रणमा लिइसकेको छ भने ४० किलोमिटर नजीकको सहरमा हिँसात्मक भिडन्त भइरहेको छ । उक्त समूहले राज्य नै आफ्नो हातमा लिने क्रममा काबुलमा आक्रमण गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #


तालिवान समूहको गतिविधि बढ्दै गएपछि विभिन्न मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काउन थालेका छन् । तथापि, हालसम्म नेपालले आफ्ना नागरिक फर्काउन कुनै पहलकदमी गरेको छैन ।

भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल÷वहानावाजी गर्न नहुने बताएका छन् । ‘पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो,’ उनले भनेका छन्, ‘गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस् ।