झापा– आफुलाई प्रहरी बताउँदै आमव्यक्तिबाट पैसा असुलत गर्ने र कुटपिट गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार, जिल्ला झापा कन्काई नगरपालिका–०७ का ४० वर्षीय विकास उप्रेती र जिल्ला झापा बिर्तामोड नगरपालिका–०३ पश्चिम धर्मकाँटा बस्ने ३२ वर्षीयलाई आफुलाई सिभिल प्रहरी बताउँदै विभिन्न अनावश्यक घटना सुनाई व्यक्तिबाट पैसा असुल गर्दै हिड्ने अभियोगमा पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


उनीहरु गत साउन ११ गते दिउँसो नयनसरी राजवंशीको घरमा गई ‘हामी सादा पोसाकका प्रहरी हौँ तपाईको छोरा लागुऔषध सेवन र कारोबारमा संलग्न छ छोरालाई बचाउने हो भने २० हजार रुपैँया दिनु’, ती युवाको भनाई उदृत गर्दै सुु्चना प्रवक्ता तथा प्रहरी निरीक्षक राकेश थापाले भने, ‘होइन भने मुद्दा हाल्दिन्छौ भन्दै पिडितबाट ११ हजार रुपैँया असुल गरी फेरि आउँदौ भन्ने धम्की दिएका रहेछन् ।’

झुठा घटना विवरण बनाई पैसा ठगी गरेका ती युवाहरु पुनः साउन १४ गते रातको साढे १२ बजेतिर पुनः राजवंशीको घरमा आई उनका २५ वर्षीय छोरा विकाससंगै अन्यलाई ‘हामी एउटा मिसनमा आएका हौं किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको?’ भन्दै बेल्टले कुटपिट गरेका थिए ।

हाल उनीहरु विरुद्व अभद्र व्यवहारको मुद्दा दर्ता भई अन्य कारवाहिको प्रक्रिया अघि बढिरहेको  प्रहरी निरीक्षक थापाले बताए ।