काठमाडौँ– त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीले कोभिड–१९ विरुद्वका खोप पाउने भएका छन् । बुधबार बसेको स्वास्थ्य सचिवस्तरीयको बैठकले  त्रिविद्वारा परीक्षा दिन लागेका विद्यार्थीलाई खोप दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्माका अनुसार परीक्षार्थीले काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


खोप लगाउन जादाँ विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने डा. गौतमले बताए । ‘त्रिविद्वारा हाल सञ्चालित परीक्षार्थी संख्या ६० हजारको हाराहारीमा रहेको मन्त्रालयको अनुमान छ । ती सबै विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप दिन लागेका हौँ’, उनले भने ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देखाउँदै यसअघि रोकिएका विभिन्न तहका परीक्षाका कारण शैक्षिक सत्रमा ढिलाई भएको भन्दै त्रिविले स्वास्थ्य सुरक्षा मापदण्डका उपाय पालना गर्दै स्थगित परीक्षाहरु पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सञ्चालित परीक्षामा कुनै पनि स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइएको र एउटै कक्षामा १२० जनासम्म राखिएको भन्दै विद्यार्थीहरु यस विरुद्व आन्दोलनमा उत्रिएका थिए । ‘नो भ्याक्सिन, नो एग्जाम’ नारासहित आन्दोलनमा उत्रिएका विद्यार्थीले सरकारसमक्ष सम्पूर्ण परीक्षार्थीलाई खोपको सुनिश्चितता गराएर मात्रै परीक्षामा सहभागी गराउन माग गरेका थिए ।

यस्तै, सम्बन्धित निकाय तथा पक्षहरुले पनि विद्यार्थीको स्वास्थ्य तथा भविष्य महत्वपूर्ण रहेको भन्दै भौतिक उपस्थितका आधारमा हुने परीक्षालाई वैकल्पिक रुपमा अघि लैजान वा विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्ने पक्षमा आवाज उठाउँदै आएका थिए ।

कोभिड–१९ को जोखिमबीच पनि परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा विद्यार्थीसहित अन्यको चौतर्फी आलोचनाका कारण राष्ट्रिय परीक्षा बोर्डले श्रावण ३१ गतेदेखि जारी सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा अर्काे सुचना नआउन्जेल सम्म्का लागि स्थगितको घोषणा गरेको थियो ।

तर, आइतबार बोर्डको उच्च स्तरको परिषद्को बसेको बैठकले त्रिविद्वारा जारी भदौ ५ गतेसम्मका परीक्षाहरु भने यथावत् नै राख्ने निर्णय गरेको छ ।

यसैको विरोधमा सरकारले विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भन्दै सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले गत सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

यो पनि पढ्नुहोस् :

परीक्षा सञ्चालन विरुद्व विद्यार्थी आन्दोलनमा, १ बजेदेखि हुनुपर्ने परीक्षामा अवरोध