सिरहा – पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ८ जिल्लाका १ हजार बढीलाई राहत वितरण गरेका छन् । अध्यक्ष ढकालले कोभिड–१९ प्रभावित गरीव तथा असहाय व्यक्तिलाई खाद्यान्न सामाग्रीसहित राहत वितरण गरेका हुन् ।


ADVERTISEMENT


परिवार दलका प्रवक्ता सन्तोष पौडेलले ​विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा प्रदेश नम्बर २ को सबै जिल्लामा राहत सामग्री अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सफलतापुर्बक वितरण गरिएको जानकारी दिए । राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकाय, मानव अधिकारकर्मी तथा नागरिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो । राहत सामग्री हस्तान्तरण गर्न नेता ढकाल पर्साको बाइपास रोड, बाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लाहन, सप्तरीको महुवा बेलही र राजविराज पुगेका थिए ।


ADVERTISEMENT

# # #


दलका प्रवता पौडेलका अनुसार करिब १००० घरपरिवारलाई एक महिनालाइ पुग्ने गरि राहत उपलब्ध गरिएको हो । परिवार दलले राहत वितरणमा सहयोग गर्ने स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था तथा स्थानीयहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

प्रदेश नम्बर २ को आठ वटै जिल्लाको भ्रमणमा रहेका ढकालले आइतबार सिराहा जिल्लाको गोलबजारमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै नेपाल एक बहुसांस्कृतिक तथा बिबिधता युक्त मुलुक रहेको बताउदै आपसी सद्भाव, सह–सम्मान र सह–अस्तित्वले नै नेपाली राष्ट्रियता बलियो हुने बताए । वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा नेपाली राजनीतिमा चिनिएको परिवार दलका अध्यक्ष ढकालले मानवता सबैभन्दा ठुलो धर्म रहेको बताए ।

मानव अधिकारकर्मी श्याम कुमारी शाह तथा उत्तम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशिला सिंहले उपलब्ध खाद्य सामाग्रीले मधेशका अति विपन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै धन्यवाद दिइन्।

दलले यसअघि पनि देशैभरी हजारौको संख्यामा राहत बितरण गरेको थियो भने फन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकमी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।