काठमाडौँ – कोरोनाविरुद्धको खोपका रुपमा कोभिसिल्ड खोप लगाएकालाई आजदेखि दोस्रो डोजका रुपमा एस्ट्राजेनेका खोप दिन शुरु गरिएको छ ।


ADVERTISEMENT


सरकारले गत माघ १४ गतेदेखि भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोपबाट खोप अभियान शुरु गरेको थियो । पछि २० लाख खोप खरिद पनि त्यसमध्ये १० लाख डोज मात्र नेपाल आएकोमा आधा खोप अझैँ आउन बाँकी छ । भारतले खोप उपलब्ध नगराएपछि पहिलो खोप लगाएका प्रभावित भएका थिए ।


ADVERTISEMENT

# # #


जापानले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको १६ लाख खोप कोभिसिल्डको विकल्पका रुपमा लगाउन लागिएको स्वास्थ्य सेवा विभागका खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । भारतले उपलब्ध गराउने भनेको १६ लाख मध्ये ८ लाख खोप नेपाल आइसकेको छ भने बाँकी खोप आगामी सातासम्म नेपाल आउने बताइएको छ ।

उक्त खोप आजदेखि कोभिसिल्डको दोस्रो डोजका रुपमा लगाउन लागिएको हो । खोप उमेर समूहअनुसार पहिलो चरणमा ६५ वर्षभन्दा माथिकालाई लगाइँदैछ ।