सुनसरी– सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका–१० मधुमारा टोल बस्ने सरोज कुमार साहलाई शनिबार प्रहरी पक्राउ गरेको छ ।


ADVERTISEMENT


गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका(१२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा वा १० च ५५७३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका– ११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका-१ बाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।