पाल्पा– तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिक-८ बस्ने २३ वर्षीय मिन बहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।