धनुषा– देश संघीयतामा गइसकेपछि विभिन्न कारणले नागरिकलाई धेरै ठाउँमा सहज भएपनि बेला बेला केही स्थानीय तहबाट अजीबोगरीब हर्कतहरु बाहिरी रहेको देखिन्छ । सत्ताको अहम, सामन्ती स्वभाव र अहंकारका कारण विभिन्न स्थानीय निकायहरु बदनाम हुने गरेको पाइन्छ ।


ADVERTISEMENT


यसैबीच धनुषाको एक नगरपालिकाको यस्तै घटना सार्वजनिक भएको छ । विदेह नगरपालिकाका मेयर बेचन दास नत्माले कार्यकक्षमै सहयोगीलाई बोलाएर खुट्टा मालिस गर्न लगाएको घटना सार्वजनिक भएको छ । मेयर नत्माले कार्यालय सहयोग करण दासलाई बोलाएर खुट्टा मालिस गर्न लगाएको तस्वीर सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


खुट्टा मालिस गर्न लगाएको तस्वीर सार्वजनिक भएपछि उनको आलोचना भएको हो । सामाजिक सञ्जालमा भाइरल तस्वीरमा मेयर नत्मा टाउकोमा हात राखेर पल्टिरहेका छन् भने सहयोगी दास उनको खुट्टा मालिस गरिरहेको देख्न सकिन्छ ।

दासलाई ४ वर्षयता व्यापक अनियमितता गरेको आरोप लाग्दै आएको छ । सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि मेयर नत्माले उक्त तस्वीर जेठको भएको र कार्यालयमै बिरामी भएपछि नजीकको आफन्त भएकाले बोलाएर मालिस गर्न लगाएको बताएका छन् ।