काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका धनेश्‍वरबाट हराएको नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा काठमाडौँको बनस्थली बस्ने नुवाकोट सुर्यगडी गाउँपालिका–४ का संजय तामाङ्ग र तारकेश्वर–६ बस्ने नुवाकोट तादी गाउँपालिका–६का बुद्धि बहादुर तामाङ् रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरुलाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौँ तारकेश्‍वर–६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उक्त च्यासिस तथा ईन्जिन नम्बर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरेको थियो ।

निरन्तर सूचना संकलन र निग्रानी पश्चात नम्बर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

उक्त मोटरसाइकल साउन १३ गते टोखा नगरपालिका धनेश्‍वरबाट हराएको र खोज तलास गरी पाउँ भन्दै रसुवा नौकुण्ड गाउँपालिका–६का राममान तामाङ्गले महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारवाहीको लागि प्रहरी वृत्त, महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।