काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


रातिको साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा थप प्रहरी अनुसन्धान जारी रहेको छ ।