प्यूठान– प्यूठान नगरपालिका–८ बागदुलास्थित श्रृजना होटेलबाट ६ फिट ६ ईन्च लम्बाइ र २ फिट २ ईन्च चौडाई भएको चितुवाको छाला जस्तो देखिने बस्तु सहित सरूमरानी गाउँपालिका–१ बाङ्गेसाल बस्ने ३२ वर्षीय छविलाल परियार लगायत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


लुम्बिनी प्रदेश अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उक्त होटेलमा जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #