काठमाडौँ – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सबल सप्लायर्स बिच श्रावण १५ गते कन्जुमर इएमआइ कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । अब ५० हजार देखि ५ लाख सम्मको सामाग्री खरिदमा जिरो प्रतिशत व्याजदरमा सबल सप्लायर्स तथा फाइनान्स कम्पनीका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि उक्त कर्जा सुविधा पाउनेछन् ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र सप्लायर्सको तर्फबाट वत्स शाक्यले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ ।