दार्चुला– अझै पनि जिल्लाका दुर्गम गाउँपालिकाका नागरिकले सहज रुपमा आयोडिन नुनको उपभोग गर्न पाएका छैनन् ।


ADVERTISEMENT


जिल्लाको अपि हिमाल गाउँपालिकाका नागरिकले सहजरुपमा आयोडिन नुनको उपभोग गर्न नपाएका हुन् । यहाँका बासिन्दाले अहिले पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


आयोडिन नुन गाउँमा पुगे पनि रु ६० देखि रु ८० प्रतिकिलोका दरले खानुपर्ने बाध्यता रहेको स्थानीयवासी रमेशसिंह कार्कीले बताए। स्थानीय लटिनाथ बजार, सेलबिसा बजारबाट आयोडिन नुन खरिद गरेर ल्याउन समस्या भएको उनको भनाइ छ । यातायातको सहज पहुँच नहुँदा भरियामार्फत ढुवानी गर्न महँगो भएको हो । हाल मार्मा गाउँपालिकाको पारिबगरसम्म मात्र जिप सञ्चालनमा छन् ।

पारिबगरबाट अपि गाउँपालिकासम्म सामान ढुवानी गरेबापत रु ३५ देखि रु ४५ प्रतिकिलो भाडा तिनुपर्ने बाध्यता रहेको स्थानीय व्यापारी मानसिंह धामीले बताए । “महँगो भाडाका कारण यहाँका स्थानीयवासीले सजिलै नुन र खाद्यान्न उपभोग गर्न पाएका छैनन्,” उनले भने ।

साल्ट कर्पोरेशनको डिपो दार्चुलाको खलंगा र गोकुलेश्वरमा छ । गोकुलेश्वर र खलंगामा प्रतिकिलो रु ९ मा नुन उपलब्ध भए पनि गाउँसम्म पु¥याउन सकिएको छैन । सदरमुकामसम्म मात्र ढुवानी भाडा दिएका कारण गाउँमा सुपथ मूल्यमा नुन पु¥याउन नसकिएको साल्ट डिपो खलंगाका प्रमुख प्रेमसिंह कुँवरले बताए ।

आयोडिन खानुपर्छ भन्ने जानकारी हुँदाहँुदै पनि ग्रामीण भेगमा महँगो भएका कारण प्रयोग गर्न सएिको छैन । गाउँपालिकाले साल्ट कर्पोरेशनको डिपो राख्न माग गरेको सो गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालले बताए । पछिल्लो समय गाउँपालिकाले पाँच सय क्विन्टल नुनका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष मन्यालले जानकारी दिए । स्थानीयवासीले गाउँपालिकाबाट प्रतिकिलो रु २५ का दरले नुन पाउने उनको भनाइ छ ।