काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीको अनुशासन उलंघन गरेको भन्दै पदरिक्त हुने गरी प्रदेशसभा सदस्यबाट निष्काशन गरेको नेता डम्बर खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको खतिवडाले बताए ।

त्यस्तै बैठकले संसदीय दलको विधान पारित गरेको छ । ल दलको विधान पारित गर्दै दलको नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । दलको नेता चयन प्रक्रियाका लागि जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ रहेको समिति समेत चयन गरेको जसपा नेता डम्वर खतिवडाले जानकारी दिए ।

बैठकले निर्वाचन आयोगमा सनाखतमा सहभागी भएका ३४ सदस्य नै पार्टीको कार्यकारिणी सदस्य कायम रहने गरी पार्टीको कामकारवाही अघि बढाउने निर्णय गरेको छ । त्यस्तै पार्टीलाई आधिकारीता प्रदान गर्न सहयोग र साथ लिने सबैप्रति बैठक आभार प्रकट गरेको खतिवडाले बताए ।

जसपाको बैठक बुधबार पनि बस्दैछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने बताइएको छ ।