काठमाडौँ – सर्वोच्च अदालतले वायुसेवा निगमलाई निजीकरण नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता आतिश कार्कीको रीट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले तत्काल निगमलाई निजीकरण गर्न नमिल्ने गरी निजीकरणको कामलाई यथावस्थामा राख्न अन्तरिम आदेश जारी गरेको हो ,


ADVERTISEMENT


‘निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नू नगराउनू भनी प्रत्यर्थीहरूका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।


ADVERTISEMENT

# # #


गत असार १३ गते बसेको सञ्चालक समितिको बैठकले निगमलाई निजी कम्पनीमा रुपान्तरण गर्न बनाइएको प्रबन्धपत्र र नियमावलीको मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । त्यसयता निगमका कर्मचारीहरुले निजीकरण गर्न नहुने भनी आन्दोलन गरिहरहेका थिए ।