काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तको हत्यारा चाँडो भन्दा पत्ता लगाउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


घटनाको ३ वर्ष पुगेको दिन आइतबार साँझ गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) शैलेश थापालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् । उनले निर्मलाको हत्यारा पत्ता लगाउन अहिलेसम्म भएका अनुसन्धानबारे समेत जानकारी लिएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारवाबाही गर्न निर्देशन पनि दिएको छु ।’

२०७५ साउन १० गते घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।