काठमाडौँ – ईस्लाम धर्मालम्बीको महान् पर्व इद–उल–अजाह (कर–इद)को प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।


ADVERTISEMENT


उनले स्वदेश तथा विदेशमा बस्ने नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्दै संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


कोभिड १९ का कारण अवस्था सामान्य नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ईद मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

शुभकामना सन्देशमार्फत देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।