काठमाडौँ – ग्रेट वाल मोटर्स (जीडब्लूएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी फिचरसहितका दुईवटा एसयुभी र एक पिकअप मोडल सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


काठमाडौँस्थित थापाथली शोरुममा नयाँ सवारी सार्वजनिक गर्दै कम्पनीले यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने दावी गरेको छ ।


ADVERTISEMENT

# # #


हालको अवस्थामा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्तामाझ प्रस्तुत गर्ने बताएको छ । यस अतिरिक्त उच्चस्तरीय सर्विस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिन लागेको जानकारी कम्पनीले दिएको छ ।

चिनियाँ अटोमोबाइल कम्पनी ग्रेटवालको आधिकारिक विक्रेताका रुपमा जीएमडब्लूले विशेषगरी एसयुभी र पिकअप ट्रकको विक्री वितरण गर्दैै आएको छ । चीनबाहेक, ग्रेटवालले नेपालसहित ६० भन्दा बढी देशहरूमा ५०० भन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना मोटर गाडीहरु वितरण गर्दछ ।

सार्वजनिक कार्यक्रमपछि नेपालमा छिट्टै ग्रेटवाललले निकट भविष्यमा ओरा विद्युतीय गाडी पनि ल्याउन लागेको कम्पनीले जनाएको छ ।