काठमाडौँ – कोरोनाको दोस्रो लहरका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । उनका अनुसार परीक्षा भदौँ ९ गतेसम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT

# # #


कोरोनाको दोस्रो लहर सुरु नभएको भए गत जेठ २६ गते नै परीक्षा हुने तालिका थियो ।