एजेन्सी – इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।


ADVERTISEMENT


इराकको गृह मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको आत्मघाती हमला भएको हो ।


ADVERTISEMENT

# # #


हमलामा परी ३५ जनाको ज्यान जानुका साथै अन्य ६६ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल शुरु गरे सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरेका छन् ।

इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल–अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता गरेका छन्।