काठमाडौँ– रातको समयमा सडकमा छाडा छाडिएका पशु चौपायका कारण दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले गाईवस्तु तथा अन्य पशुहरुको घाँटीमा रातमा टक्लने स्टिकर लगाउने अभियान शुरु गरेको छ ।
रातमा अध्याँरोको कारण सडकमा बसेका पशुहरुका कारण चालकहरु झुक्किने, ठोक्किने दुर्घटनाका क्रमलाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले सो अभियान थालेको हो ।
ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईको निर्देशनमा चालकहरु सचेत हुन् र नझुक्किऊन् भन्दै सोमबारदेखि शुरु गरिएको सो अभियान अन्र्तगत काठमाडौका बौद्व, चावाहिल, गौशलालगायतका पशुहरुको घाँटीमा स्टिकर टाँसिएको छ । यद्यपि काठमाडौका मुख्य मुख्य ठाउँ बाट सुरु भएको यो अभियान क्रमिक रुपमा काठमाडौंका अन्य ठाउँमा पनि विस्तार गर्ने योजना रहेको ट्राफिकले जनाएको छ ।
यस अभियानले उद्देश्य अनुरुप दुर्घटना न्युनिकरणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।