काठमाडौँ– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार विश्वासको मत लिन खोज्नु पछाडिको उद्देश्य दुराशय रहेको जनाएका छन् ।


ADVERTISEMENT


आइतबार च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकपछि पार्टीको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज आज विश्वासको मत लिने निर्णय लिन लागेको देखिएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, उनले प्रधानमन्त्री देउवालाई आफू एक्लैले भएपनि विश्वासको मत दिने बताएर वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भएको समेत जनाएका छन् ।

‘आज पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेको जनाउँदै उनले नेपालले एक्लैले भएपनि प्रस्तावको पक्षमा मत दिने भाव व्यक्त गरेको जनाएका हुन् । यस विषयमा थप बोल्दै उनले भने, ‘उहाँको तर्फबाट विगतमा कार्यदलमा रहनु भएका साथीहरुले त्यो उचित नहुने र जे कुरा गर्दा पनि संस्थागत निर्णयबाट गर्न पर्ने कुरा राख्नुभयो । तर, उहाँले आफू अल्पमतमा रहेको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने बताउनुभयो ।’

अघि बोल्दै उनले थपे, ‘अब सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति हुदैँन । उहाँले नयाँ कोर्षमा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । उहाँ अब एमालेमा रहनुहुन्न ।’

नेपालको सो गतिविधिबाट उनले एमालेलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक नदेखिएको र उनी बेग्लै कोर्षमा हिँड्न चाहनु भएको प्रष्ट भएको ज्ञवालीको आरोप छ ।