काठमाडौँ– सर्वाेच्च अदालतको परमादेशसंगै मंगलबार शपथ लिएका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा भोलि बालुवाटार निवास सर्ने भएका छन् ।


ADVERTISEMENT


अपदस्थ भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार सरकारी निवास छाडेपछि देउवा शुक्रवार बालुवाटार सर्ने तयारीमा रहेको जानकारी उनको सचिवालयमार्फत प्राप्त भएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्चको परमादेशपछि मंगलवार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका थिए भने सोही दिन काँग्रेस सभापति देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । मंगलवार साँझ देउवाले प्रधानमन्त्रीको शपथ लिएपछि निजी निवास बुढानिलकण्ठ फर्किएका थिए ।