काठमाडौँ – प्रचण्ड, विप्लव र माधव नेपालबीच भेटवार्ता भएको छ । बुधवार प्रचण्ड निवास खुमलटार पुगेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज बिहाना कोटेश्वरस्थित नेपाल निवासमा प्रचण्डसहित पुगेका हुन् ।


ADVERTISEMENT


विप्लव माओवादीका अर्का नेता धर्मेन्द्र बास्तोला पनि रहेको भेटघाटमा राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भएसँगै विप्लव, प्रचण्ड र नेपाललाई एक ठाउँमा देखिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ भने नेपालको कम्युनिष्ट राजनीतिले अर्को मोड लिनसक्ने टिप्पणी हुन थालेका छन् ।