काठमाडौँ – महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।


ADVERTISEMENT


सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका आर्थिक सहयोग गरेको छ । बैँकले उक्त कार्यका लागि १ लाख ७५ हजार रुपैया सहयोग प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


बुधबार एक कार्यक्रमकाबीच लहिया माध्यामिक विद्यालयको प्राङगणमा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई रु. १ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्ट आईपीएस, क्यूआर कोड, लगायतका विद्युतीय बैंकिङ्ग सेवाप्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।