काठमाडौँ – नेपालमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएयता ४ अर्ब रुपैयाँ जोगिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शुरु भएपछि भारतबाट इन्धन आयात गर्दा लाग्ने ३ अर्ब ९९ करोड ७५ लाख जोगिएको हो ।


ADVERTISEMENT


नेपाल आयल निगमकाअनुसार यस अवधिमा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचेको छ । ‘पाइपलाइन सञ्चालनपछि व्यवस्थापन त सहज भएको छ नै यसले लागत पनि घटाएको छ,’ निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले भने ।


ADVERTISEMENT

# # #


कुल ४ अर्ब ४० करोड लागतमा निर्माण गरिएको अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनबाट निगमले २०७६ भदौदेखि डिजेल ल्याउन शुरु गरेको थियो ।

निगमले चितवनसम्म पाइपलाइन विस्तार गर्ने योजना बनाएकोमा पाइपलाइन विस्तारको अध्ययन गरेर मोडालिटी तयार भएको निगमका प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।