काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफु स्थायी कमिटी बैठकमा सहभागी नभएको बताएका छन् ।


ADVERTISEMENT


बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफु पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बालुवाटार आएको बताएका हुन् । कार्यदलले तयार गरेको प्रतिवेदन कार्यदलका सबै सदस्यबाट हस्ताक्षर गरेपछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउने कार्यक्रममा आएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


हामीले एमालेको वर्तमान राजनीतिक विवाद सम्बन्धमा कार्यदलले तयार पारेको प्रतिवेदनलाई कार्यदलका सदस्यले हस्ताक्षर गरेर पार्टी अध्यक्ष केपी शर्माओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बसझाउने कार्यक्रम थियो ।’ उनले भने, ‘म अहिले त्यही प्रतिवेदन बुझाउन आएको थिएँ ।’

उनले सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ भनेको बताए । रावलले आफूलाई स्थायी कमिटी बैठकबारे थाहा नभएको प्रतिक्रिया दिए । उनले भने, ‘म प्रतिवेदन बुझाउन मात्रै आएकाले अरु मलाई जानकारी भएन । ’