काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस, माओवादी लगायतको विपक्षी गठबन्धनमा नरहने भएको गरेको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै सोमबार कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा माधव समूहले गठबन्धनबाट बाहिरिनु पर्ने ठहर गरेको हो । बैठकपछि बोल्दै माधव समूहका नेता रघुजी पन्तले विपक्षी गठबन्धनसँग पार्टीको संस्थागत निर्णय अनुसार मात्रै सहकार्य हुन सक्ने बताए ।


ADVERTISEMENT

# # #


पार्टी एकताका लागि अहिले नयाँ परिस्थिति उत्पन्न भएको र पार्टी एकतावद्ध बन्ने अवस्थामा आइपुगेकाले गठबन्धनबारे पार्टीगत रुपमा मात्रै निर्णय हुने बताए । उनले भने, ‘हामीभित्रको परिस्थिति परिवर्तन भएको छ । यसलाई साथीहरुले बुझिदिनु हुनेछ ।’

नेता पन्तले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा गरिएको हस्ताक्षर अदालतको फैसला आएसम्मका लागि मात्रै भएको बताए । ‘हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्चको फैसला नआएसम्मका लागि मात्रै हो ।’ उनले भने, ‘अब के गर्ने भन्ने कुरा त हामीले पार्टीलाई एकतावद्ध बनाउँछौ र त्यसपछि पार्टीले निर्णय गर्छ ।’

एमालेले सबै राजनीतिक दलहरुसँग सल्लाह गरेर, उनीहरुलाई पनि साथमा लिएर फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्न कांग्रेस सभापति देउवालाई सुझाएको बताए ।