काठमाडौँ– नेपाल र छिमेकी मुलुक भारतबीच ‘भारत–नेपाल’ रेल सेवाको लागि सम्झौता भएको छ ।


ADVERTISEMENT


गत शुक्रबार भर्चुअल समारोहका बीच कूटनैतिक पत्र (लेटर अफ एक्सचेन्ज) ‘भारत–नेपाल रेल सेवा सम्झौतामा २००४’ मा नेपालका तर्फबाट समारोहको नेतृत्व नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतका तर्फबाट सो समारोहको नेतृत्व भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य समेत रहेका सञ्जय कुमार मोहांतीले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरुले नेपाल आउने कन्टेनर र अन्य भारत र नेपालबीच ओसारपोसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने जनाइएको छ ।

यसैगरि, भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालबाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्ने समेत उक्त सम्झौतामा उल्लेख गरिएको छ । यसले विशेष प्रकारका मालडिब्बामा बोकिने मोटरगाडी र अन्य केही वस्तुहरुको ढुवानी खर्चमा कमी ल्याउँदै नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाई एवम् मूल्य प्रतिस्पर्धामा वृद्धि गरी नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरुलाई लाभान्वित तुल्याउने विश्वास समेत गरिएको छ ।

यससंगै मापदण्ड र प्रक्रिया अनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका मालडिब्बाहरुले भारतीय रेल सञ्जालमा (कलकत्ता/हल्दियादेखि विराटनगर/वीरगंज रुटहरुमा) नेपाल आउने मालसामानहरु बोक्न पाउनेछन् भने, सम्झौताले भारत–नेपाल रेल सेवा सम्झौंताका अन्य थुप्रै पक्षहरुलाई अद्यावधिक गर्नुका साथै भारतीय र नेपाली रेलवेका परिचालन र पूर्वाधार सम्बन्धी नवीन पक्षलाई समेत समेटेको छ ।

भारतले ‘छिमेकी पहिलो’ नीति अन्तर्गत क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्न थुप्रै प्रयासहरुमध्ये यो अर्को प्रयासको रुपमा लिइएको जनाइएको उक्त कार्यक्रममा दुवै देशका दूतावास एवम् सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरु सहित नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत श्री नीलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालय उत्तरी प्रभागका सह सचिव श्री अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सह सचिव श्री तीर्थराज वाग्ले उपस्थित रहेका थिए ।