काठमाडौँ – नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई निजीकरण गर्न तयार गरिएको प्रवन्धपत्र जलाएका छन् । शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रवन्धपत्र जलाएका हुन् ।


ADVERTISEMENT


निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रवन्धपत्र जलाएको बताएका छन् । उनीहरुले ‘निगम निजीकरण बन्द गर’, ‘निगम बेच्न पाइदैन’, ‘महाप्रवन्धक राजीनामा दे’ लगायका प्लेकार्ड प्रर्दशन गर्दै नारावाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


कर्मचारीहरुले निगमलाई धरासयी बनाउदै निजीकरण गर्न लागेको भन्दै महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् ।

उनीहरुले निगमलाई निजीकरण गर्न निगमको सम्पतिको कम मूल्यांकन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगाएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।