काठमाडौँ – कृषि विकास वैंक लिमिटेडको भरतपुर शाखाले भरतपुर–२५ स्थित युवा आधुनिक सामूहिक खेती फर्मलाई कृषि सामाग्री तथा उपकरणहरु सहयोग गरेको छ ।


ADVERTISEMENT


बैँकका संचालक सदस्य संजीव पौडेलले असार १५ गते बैँकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फर्मका अध्यक्ष अध्यक्ष लेखनाथ भुषाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको सामग्रीमा १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन, तथा १ थान डिजिटल काँटा रहेका छन् ।


ADVERTISEMENT

# # #


हस्तान्तरण कार्यक्रममा कृषि विकास वैंक लि. प्रदेश कार्यालय वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मी, वरिष्ठ शाखा प्रमुख संजिव कुमार उप्रेती, कृषि विकास वैंक लि. शाखा कार्यालय भरतपुरका प्रवन्धक दिनेशवावु नेपाल, समूहमा आवद्ध कृषक सदस्यहरु लगायतको उपपस्थिति रहेको थियो ।

बैँकको शाखा कार्यालय, भरतपुरका प्रवन्धक दिनेशबाबु नेपालले कृषि विकास बैंकको नारा नै कृषिलाई नछोडने र अरुलाई जोडने रहेको बताउँदै कृषकहरुलाई वित्तीय सहयोग चाहिए ७ दिनभित्र कर्जा उपलब्ध गराउन सक्ने बताए । उनले कृषकहरुको हित र कृषि क्षेत्रलाई प्रविधी मैत्री बनाउँदै लैजान बैँकले ल्याएको किसान क्रेडिट कार्ड तथा किसान एपबाट आफुलाई चाहिएको बेलामा किसान कार्डको प्रयोग गरेर आवश्यक विउविजन, मलखाद तथा कृषि समाग्री खरिद गर्न सकिने जानकारी गराए ।

यस्तै बैँकका संचालक सदस्य संजिव पौडेलले कृषि विकास वैंकका सेवाहरुलाई कृषक मैत्री कसरी बनाउन सकिन्छ भनेर सुझाव लिएर यदि नीतिमा परिवर्तन गर्नुपर्ने भए आवश्यक सुधारमा लाग्ने बताए । उनले भने, ‘हामीले नारामा तपाई हाम्रो घर आँगनको कैंक भनेका छौँ । साच्ँचै बैंक तपाईहरुको घर आँगनमा जत्तिकै सहज छ कि छैन वुझ्न आएको हुँ ।’

कार्यक्रममा फार्मका अध्यक्ष लेखनाथ भुषालले उक्त फार्ममा १८ जना कृषक सदस्यहरु रहेको र ९० विघा जग्गामा विभिन्न किसिमका तरकारी खेती गरिरहेको जानकारी गराए । बैँकलाई धन्यवाद दिँदै उनले आफूहरुको कामलाई देखेर कृषि विकास बैँकले गरेको सहयोगले थप कार्य गर्ने प्रेरणा मिलेको बताए ।