काठमाडौँ – एभरेष्ट बैंकको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले जेष्ठ १६ गते आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको छ ।


ADVERTISEMENT


बिहीबार केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सगरमाथामा फरफराएको उक्त झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सन्धीर कुमारलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


सोही कार्यक्रममा ग्रिसमकालमा माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।

एभरेस्ट बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैँकले देशभरका १०३ वटा शाखा कार्यालय, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंगमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।