काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन् । बैँकको गत शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी छन् ।


ADVERTISEMENT

# # #


व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठले नेपाल फाइनान्स इन्स्टिच्यूड एशोसिएसन र विकास बैँकर संघमा लामो समयसम्म आवद्ध थिइन् । त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताका रुपमा पनि उनले अनुभव हासिल गरेकी छन् ।