काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले कृषि उत्पादन वृद्धिका लागि सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएका छन् । उनले धान रोप्न एवं कृषी कर्मका लागि सरकारले हिउँदे र बर्खे दुवै सिजनमा ७/७ दिन गरी १४ दिनको राष्ट्रिय बिदा दिएर कृषी उत्पादनमा योगदान पुर्‍याउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT


आज राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गृहप्रदेश सूदुरपश्चिमको कैलालीमा नेपाली काँग्रेस अत्तले आयोजना गरेको सामुहिक रोपाईं कार्यक्रममा सहभागि भएका नेता महरले करिव एक खर्ब बराबरको कृषि आयात गर्ने नेपालमा कृषि अनुदानको समेत दुरुपयोग भईरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कृषकहरुलाई मल, बिउविजनका साथै कृर्षी सामाग्रीहरुको पनि अभाव रहेको बताउदै नेता महरले भने, ‘कृषी सामाग्रीहरु महंगो भएर किसानहरु छटपटिएका छन् । नेपाल कृषी प्रधान देश भएपनि कृषी गर्ने नागरिकका पाखुरा अपमानित भएको मैले देखेको छु । काम गर्ने अपमानित हुने र नगर्ने सम्मानित हुने जुन परम्परा छ यसलाई हटाउनुपर्छ ।’

अत्यावश्यक सेवामा संलग्न प्रहरी, चिकित्सक बाहेक प्रधानमन्त्री लगायत सबै नेताहरुले पनि कृषकलाई हौसला र प्रेरणा दिनका लागि कृषकसँगै रोपाईंमा सहभागि हुनुपर्ने उनको भनाई थियो । यसले नेपाली कृषीजन्य वस्तुको आयातमा कमी गर्ने र खाद्यान्नको उत्पादन पनि बढाउने नेता महरले बताए ।

कोभिड१९ को महामारीको कारण आन्तरिक र वैदेशिक रोजगारीहरु अप्रत्याशित रुपमा गुमिरहेको अवस्थामा धान दिवसले नयाँ पुस्तालाई व्यवसायीक कृषिप्रति आकर्षक हुँदै आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने नेता महरको विश्वास छ ।