काठमाडौंं महानगरपालिकाले हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ ।


ADVERTISEMENT


अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ ।


ADVERTISEMENT

# # #


खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त लगाएतका अभियान्ताहरुलाई नियन्त्रणमा लिएको छ । उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो ।

हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।

भिडियो हेर्नुहोस्: