काठमाडौं– शुक्रवारदेखि मात्रै खुला गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आवेदक संख्या मागभन्दा १०.८४ गुणा बढि देखिएको छ ।


ADVERTISEMENT


निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आइतबार बिहान १०ः३० बजेसम्ममा मात्रै आवेदक संख्या १३ लाख नाघेको हो ।


ADVERTISEMENT

# # #


१३ लाख १५ हजार ३१० जनाले २ करोड ३८ हजार ९४० कित्ता सेयरका लागी झण्डै २ अर्ब ३८ लाख ९४ हजार रुपैयाँ बराबरको सेयरका लागी आवेदन दिएका छन् ।

कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको आइपिओ प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।