काठमाडौँ – पूर्व वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन्।


ADVERTISEMENT


कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गरारहेका जोशीको थप उपचारका लागि उनले सो रकम प्रदान गरेकोका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आलेले आज अस्पतालमा पुगेर जोशीकी छोरी हिमांशुलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढी ल्याइएको हो । जोशीको स्वास्थ्यावस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।