काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो ।


ADVERTISEMENT


निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनानुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.स. २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एकएक जनप्रतिनिधि छन् ।


ADVERTISEMENT

# # #


एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकाले उनीहरु निर्वाचित भएको पद स्वतः रिक्त हुने प्रावधानबारे आयोगको ध्यानाकर्षण गर्दै माओवादी केन्द्रले त्यससम्बन्धी सूचना प्रकाशन गर्न पत्राचार गरेको थियो । आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरिएको हो ।

क-कसको पद गुम्यो ?

१. रिनाकुमारी साह : प्रमुख, मौलापुर नगरपालिका, रौतहट
२. सियारामप्रसाद कुशवाहा : प्रमुख कटहरिया नगरपालिका, रौतहट
३. परनिया देवी : उप्रमुख,  देवाही गोनाही नगरपालिका, रौतहट
४.गौरीशंकरप्रसाद : उप्रमुख  मैलापुर नगरपालिका, रौतहट
५. कान्तिदेवी  : उप्रमुख, फतुवाविजयपुर नगरपालिका,  रौतहट
६. सिमलकुमारी साह : उपप्रमुख, माधवनारायण नगरपालिका, रौतहट
७. गीतादेवी साह : उपाध्यक्ष, यमुनामाई गाउँपालिका, रौतहट
८. सतमीलालदास ताती : नगरकार्यपालिका सदस्य, लहान नगरपालिका, सिरहा
९. सुरेशकुमार थापा : वडाध्यक्ष, चम्पादेवी गाउँपालिका–७, ओखलढुंगा
१०. शेष फारुक : अध्यक्ष, सम्सी गाउँपालिका, महोत्तरी
११. छायादेवी देवकोटा : उपप्रमुख, भजनी नगरपालिका, कैलाली
१२. भागिरथी विष्ट : वडाध्यक्ष, गौरीगंगा नगरपालिका–४, कैलाली
१३.शर्मानन्द भट्ट : वडाध्यक्ष,  गोदावरी नगरपालिका–१, कैलाली
१४. पुरन बिसी : वडाध्यक्ष, बर्दगोरिया नगरपालिका–४, कैलाली