बझाङ– विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाइने निर्णय गरेको छ ।


ADVERTISEMENT


विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताएका हुन् ।


ADVERTISEMENT

# # #


पशुपंक्षी तथा सर्वसाधारण विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले रोक्न नयाँ योजना अघि सारिएको अध्यक्ष आचार्यले जानकारी दिएका छन् । जतिबेला पनि विमानस्थल भित्र मानिसको आवतजावत तथा पशुपंक्षीहरु चराउने तथा धुम्रपान, मध्यपान गर्न विमानस्थल क्षेत्रमा छिर्ने गरेकाले सुरक्षा चुनौती बढेकाले विमानस्थल प्रवेश गर्दा पासको व्यवस्था गर्ने उनको भनाई छ । यस्तै उक्त क्षेत्रमा भएको दुरुपयोगप्रति आपत्रि जनाउदैँ उनले भने, ‘विमानस्थल भित्र बिना काममा प्रवेश गर्ने, क्रिकेट खेल्ने, गोरु चराउने, फोटो खिच्ने, टिकटक बनाउने, अफिस भित्र जाने कार्य भएकाले यसलाई रोक्न जरुरी छ । विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा मदिरा सेवन गरेर आउने, गुट्टका खाएर कार्यालय परिसरमा थुक्ने जस्ता काम भएका छन् ।’

विमानस्थलमा हाल ११ जना सुरक्षाकर्मी भए पनि त्यो पर्याप्त नभएको सुरक्षाकर्मी बताउँछन् । यस्तै, समिट एयरलाइन्स बझाङका सञ्चालक किशोर खड्कालेकतिपय अवस्थामा आकस्मिक रुपमा विमान अवतरण यही गर्नुपर्ने हुँदा विमानस्थल घेरबारका काटिएका तारहरु पुनः मर्मत गरेर स्थानीयलाई भित्र प्रवेशमा रोक लगाउनु पर्नेमा जोड दिएका छन् ।

बुधबार बाट विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिबिना विमानस्थल भित्र जान नपाउने लगायतका निर्णयहरु भएपनि स्थानीयतहका प्रमुखसँगको छलफलपछि मात्रै कार्यन्वयनमा लैजाने अध्यक्ष आचार्यले जानकारी दिए । रासस