काठमाडौँ – प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ शुरु भएको छ । आजबाट संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।


ADVERTISEMENT


संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईरहेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।