काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जनाएको छ ।


ADVERTISEMENT


देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने विभागका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णालीमा धेरै र देशका पहाडी भु–भागका केही स्थानहरुमा हल्का वर्षा भएको श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


तीन दिनसम्म मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

उनले अहिले वर्षायाम भएकाले सवै क्षेत्रमा हुने जोखिमलाई मध्यनजर गर्दै सर्तक हुनुपर्ने बताए ।