सिन्धुपाल्चोक– भारी वर्षाका कारण प्राकृतिक विपत्तिमा फसेका मेलम्ची बजारका विस्थापित नागरिकका लागि नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटीले राहत वितरण गरेको छ ।


ADVERTISEMENT


पिडितलाई तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न एवम् लत्ताकपडा सहित हेलम्बु पुगेका पुर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ, नेकपा (एमाले) नेता निर्मल भट्टराई, नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष रमेश लगायतका टोलीले बाढिका कारण विस्थापित नागरिकलाई राहत वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


पुर्व मन्त्री दावा तामाङले नेपाल खेलकुद महासंघ पीडित जनतालाई राहत उपलब्ध गराउन सक्रिय रहेको र काम गरिरहेको जनाएका छन् ।