काठमाडौँ – मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएका छन् । बाढीले मेलम्ची खानेपानी ड्याममा समेत क्षति गरेको, पुर्याएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ ।


ADVERTISEMENT


यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामांगले बताएका छन्।


ADVERTISEMENT

# # #


उनले आजै क्षतिग्रस्त स्थानमा टेन्ट र खाद्यान्न राहत पुगाउने बताउँदै यो संकटको समयमा सहयोग गर्न अन्तरराष्ट्यि समुदायलाई अनुरोध गरेका छन् ।

पानी नरोकिएकाले बाढी पहिरो बढ्दो क्रममा छ । स्वास्थ्यमन्त्री तामांगले पीडितलाई घर हुनेकोमा आश्रय लिन अनुरोध गर्दै समस्यामा परेकालाई आफू (९८५१०४०८२१) वा आफ्ना स्वकिय सचिव निर्मल बन्जारा (९८५११७५३१०) लाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।