काठमाडौँ – गृहमन्त्री खगराज अधिकारीले सीमाको संवेदनशीलतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री अधिकारीले नेपालीहरु सीमाका बारेमा अत्यन्त संवेदनशील रहेको भन्दै सीमाको रक्षाका लागि सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले तोकिएको समयमा निर्वाचन हुने भन्दै निर्वाचनको सुरक्षा लागि आवश्यक तयारी पनि भइरहेको जानकारी दिए । त्यस्तै उनले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताए ।


ADVERTISEMENT

# # #


महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको उनले बताए ।

मन्त्री अधिकारीले गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी कामगर्ने जिकिर गरे ।